प्रवास

नेपाली मूलका व्यवसायीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनको पुरस्कार

इकागज |
बैशाख १९, २०८० मंगलबार १३:५ बजे

काठमाडौँ - नेपाली मूलका व्यवसायी राज भण्डारी अमेरिकाको राष्ट्रपति जो बाइडेनबाट पुरस्कृत भएका छन् । कास्की पोखरा पुख्र्याैली थलो रहेका नेपाली मूलका राज भण्डारीको साइनसिक्स नामको व्यवसायलाई सन् २०२३ को एक्सपोर्टर अफ द इयर अवार्ड प्रदान गरिएको हो ।

साइनसिक्स र अन्य राष्ट्रिय साना व्यापार सप्ताह पुरस्कार विजेताहरूलाई अप्रिल ३० देखि मे २ सम्म वाशिंगटन डीसीमा सम्मानित गरिएको हो । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले साइनसिक्स टोलीलाई भेटेर बधाई दिएका थिए ।


५० राज्यबाट छानिएका सर्वोत्कृष्ट व्यवसायी अमेरिकामा साढे ३ करोड साना व्यवसायी छन् । अमेरिकाको ४५ प्रतिशत अर्थतन्त्र साना व्यवसायीले धानेको बताइन्छ । यस वर्ष अमेरिकाले सामान निर्यात गर्नेमा साना व्यवासायीहरूको छनौट गर्ने क्रममा ५० राज्यबाट टप ५० व्यवसाय छनौट गरिएको थियो । ती टप ५० मध्य नर्थ क्यारोलिना राज्यबाट राज भण्डारीको व्यवसाय छनौट भएको थियो ।

अमेरिकाको यस्तो प्रतिष्ठित अवार्ड पाउने राज भण्डारी पहिलो नेपाली हुन् । राष्ट्रपति बाइडेनले विदेशबाट आएर अमेरिकामा रोजगार सिर्जना गरेको भन्दै बधाई दिएका थिए ।  अमेरिकाले मे महिनाको पहिलो साता स्मल बिजनेस विक अभियान सञ्चालन गर्ने गरेको छ ।


Author

थप समाचार
x