समाज

सामुदायिक वनभित्र नग्‍न अवस्थामा पुरुषको शव फेला

इकागज |
बैशाख २५, २०८१ मंगलबार २१:५७ बजे

फाइल तस्बिर

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनभित्र आज अन्दाजी ३५ वर्षीय पुरुषको शव बेवारिस अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार नग्न अवस्थामा शव फेला परेको हो । 'शवको पहिचान हुन सकेको छैन,' उनले भने, 'शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाएका छौँ ।'


शव १५/२० दिनअघिको हुनसक्ने अनुमान गरिएको छ । नगरपालिका–७ का वडा अध्यक्ष प्रतापसिंह धामीले शव पहिचानका लागि आवश्यक कुनै सबुत प्रमाण घटनास्थलमा नभेटिएको बताए । प्रहरीले उक्त बेवारिस शवबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ । रासस


Author

थप समाचार
x