प्रवास

यूएईबाट एनआरएनए मध्यपूर्व युवा संयोजकमा सिलवालको उम्मेदवारी

इकागज |
भदौ ११, २०८० सोमबार १३:२१ बजे

युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि मध्यपूर्व युवा संयोजकमा एनआरएनए यूएईका निवर्तमान उपाध्यक्ष निरन्जन सिलवालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी अक्टोबरमा हुने एनआरएनएको ११ औं महाधिवेशनका लागि सिलवालले यूएईमा एक कार्यक्रमसहित जुममार्फत पत्रकार सम्मेलन गरी मध्यपूर्व युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन्।


एनआरएनए यूएईका उपाध्यक्ष तथा १५ महिना एनसीसीको कार्यवाहक अध्यक्ष भएर काम गरेको र विगतमा एनआरएनए, यूएईका विभिन्न पदमा रहेर गरेको कार्य अनुभवका आधारमा युवा संयोजकका उम्मेदवारी घोषणा गरेको सिलवालले बताए ।

आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेका सिलवालले एनआरएनए अभियानमा युवा पुस्ता तथा श्रमिकको आवाज बुलन्द बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन ।

उक्त घोषणा सभामा बोल्दै एनआरएनए मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका सिलवाललाई अग्रिम बधाई दिँदै सफलताको शुभकामना समेत व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ, यूएई च्याप्टरका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार लक्ष्मण खनालले संचालन गरेको उक्त घोषणा सभामा मध्यपूर्व उपसंयोजक राजु केसी, एनआरएनए आईसीसी सदस्य पुष्कर सापकोटा, सुजन सापकोटा, मणी भुर्तेल, एनसीसी युएईका अध्यक्ष विकास शाही, जनसम्पर्क समिति सभापती भुवानी प्रसाद तिमिल्सिना, जनप्रगतिशिल मञ्च अध्यक्ष बाबुराम विश्वकर्मा, प्रवासी नेपाली मञ्च अध्यक्ष टंक बहादुर गुरुङ,जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले,पत्रकार उमाकान्त पाण्डे लगायत विभिन्न संघसंगठनका प्रतिनिधिहरुले सफलताको शुभकामना दिँदै विश्वभर रहेका नेपालीलाई सहयोग गरेर विजयी गराउन अनुरोध गरेका छन् ।
 


Author

थप समाचार
x