प्रवास

एनआरएनएमा आर्थिक अनुशासन कडाइका साथ लागू हुन्छ :  महेश श्रेष्ठ

इकागज |
भदौ १४, २०७८ सोमबार १०:१३ बजे

लण्डन - गैर आवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष महेश श्रेष्ठले नाफाभन्दा पनि विगतमा भएका घाटालाई अहिले पूर्ति गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६३औं भागमा एनआरएनए १०औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै कोषाध्यक्ष श्रेष्ठले विगतदेखि आजसम्म भएको घाटामध्ये ११ करोड रुपैयाँको पूर्तिमा संघ लागिरहेको बताए ।

'असार मसान्तसम्म गरेर अहिले हाम्रो खातामा फिक्स डिपोजिट लगभग ५ करोड जति छ,' संघको हालको आमदानीबारे उनी भन्‍छन्,  सबै देशहबाट सदस्यता शुल्क ५ डलरको हिसाबले आउने क्रममा छ । यो अधिवेशनसम्म हामीले ९/१० करोड जति आम्दानी गर्छौं ।'


'२००३ देखि आजसम्म आउँदा आर्थिक पक्ष अलि व्यवस्थित भएको पनि उनले दाबी गरे । हामीले विभिन्न प्रोजेक्ट र सचिवालय खर्चलगाएतका सबै खर्चको डिडिए गर्‍यौँ र त्यसबाट हाम्रो खर्चबारे पूर्ण विवरण पायौँ र त्यही अनुसार काम गर्‍यौँ, कोषाध्यक्ष श्रेष्ठले भने, 'यसरी नै हाम्रो संस्थाको आर्थिक पक्ष पारदर्शिता भएको छ । साथै खर्च पनि व्यवस्थित भएको छ ।'

यस्तै, चुनावमा मतदान दिँदा मतदाताले आधार खोज्ने भएकाले एनआरएनए निर्वाचनमा राजनीतिकको प्रभाव पर्न सक्ने आंकलन उनको छ । यसैगरी संघको आर्थिक पक्षलाई अझैं व्यवस्थित गर्न र आर्थिक अनुशासन पालना गर्न आफूहरू सचेत रहेको पनि उनले बताए । साथै आफ्नै कार्यकालमा संघमा हुने धेरै अनावश्यक खर्चलाई पनि कटौति गरेको उनको भनाइ छ । उनी एनआरएनए १०औं महाधिवेशनका लागि उपाध्यक्ष पदका प्रत्यासी पनि हुन्। उनी जापानमा बसोबास गर्दै आएका छन् । 


Author

थप समाचार
x