प्रवास

न्यूयोर्कमा आएको बाढीले एकै परिवारका तीन नेपालीको मृत्यु

इकागज |
भदौ १८, २०७८ शुक्रबार ९:४७ बजे

तस्बिर : युनाइटेड शेर्पा एसोसिएसन अमेरिकाको फेसबुकबाट

काठमाडौँ- अमेरिका आएको बाढीले एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ । बिहीबार उत्तरपूर्वका न्युयोर्क, न्युजर्सी, पेन्सलभेनिया र कनेक्टिकट राज्यमा अचानक भीषण वर्षापछि बाढी आएको थियो ।

अमेरिकाको न्युयोर्कमा बस्‍ने सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ जुनवेशीका आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र उनीहरूका १९ महिनाका छोरा लोप्साङ लामाको बाढीमा परी मृत्यु भएको युनाइटेड शेर्पा एसोसिएसन अमेरिकाले फेसबुकमार्फत् दिएको जानकारी दिएको छ ।



Author

थप समाचार
x