प्रवास

मलेसियामा रोगारी

'नयाँ कामदारको माग आएको छैन, भ्रममा नपर्नू'

इकागज |
कात्तिक १२, २०७८ शुक्रबार १५:४ बजे

तस्बिरः रोयटर्स

काठमाडौँ- मलेसियाले नयाँ कामदार लिने प्रक्रिया अगाडि नबढाएको पाइएको छ । नेपाली दूतावासले नयाँ कामदार लिने प्रक्रिया अघि बढिनसकेको जनाएको छ । दूतावासलाई नयाँ कामदार लिने सम्बन्धी कुनै पनि जानकारी नआएको दूतावासले उल्लेख गरेको छ ।

'नयाँ कामदार लिने प्रक्रिया अगाडि नबढेकाले भ्रममा नपर्न यो जानकारी गराइन्छ,'  दूतावासले भनेको छ ।


कामदारको माग प्रमाणीकरण भएको भन्‍ने गलत सूचना प्रवाह भएको भन्दै दूतावासले आपत्ति जनाएको छ । तर, पुराना भिसाको समय भएका कामदारलाई सात दिन क्वारेन्टीनमा बस्ने गरी अध्यागमन विभागबाट अनुमति पाइरहेका छन् ।

नयाँ कामदार आउन सक्ने कुनै पनि जानकारी नआएको दूतावासले जारी गरिएको विज्ञप्‍तिमा प्रस्ट पारेको छ । मलेसियाले कोभिड-१९ को महामारी सुरु भएपछि सन् २०२० मार्च १८ देखि मुलुक प्रवेशमा रोक लगाएको थियो । कामदारको मागपत्र प्रमाणीकरण कार्य पनि पुनः सुरु भएको छैन ।

मागपत्र प्रमाणीकरण कार्य सुचारु हुनासाथ जानकारी गराइने दूतावासले बताएको छ । मागपत्र प्रमाणीकरण हुनसाथ कामदार छनौट प्रक्रिया अघि बढ्ने वैदेशिक रोजगार व्यवसायी संस्थालाई जानकारी पुग्‍ने छ ।


Author

थप समाचार
x