प्रवास

जापानमा धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा तीन नेपाली पक्राउ

इकागज |
कात्तिक १५, २०७८ सोमबार ७:६ बजे

जापान- जापानको फुकुओका धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा तीन नेपालीलाई पक्राउ गरेको छ । २४ घण्टा खुल्ने पसलमा काम गर्ने कर्मचारीलाई हतियार देखाएर वियरलगायतका सामान लुटपाट गरेको अभियोग लागेको छ ।

ह्विलचिएरमा रहेका जापानीलाई अभद्र व्यवहार गरी झगडा गरेको जापानी सञ्‍चार माध्यमले जनाएका छन् । उनीहरू एउटै कोठामा बस्ने पनि समाचारमा उल्लेख गरिएको छ । तीन जनामध्ये दुई जनालाई पसलबाट र एक जनालाई भागेको अवस्थामा नजिकैबाट पक्राउ गरिएको हो । समाचारमा तीनै जना नेपालीले आरोप अस्वीकार गरेको बताइएको छ । उनीहरूबारेमा थप अनुसन्धान भइरहेको छ । 



Author

थप समाचार
x