कृषि

रूपन्देहीमा ९० प्रतिशत रोपाइँ

इकागज |
साउन ५, २०८० शुक्रबार १४:४९ बजे

बुटवल- रूपन्देहीमा यो वर्ष ९० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र रूपन्देहीका अनुसार रूपन्देहीमा कूल ६३ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

यो वर्ष असारको दोस्रो सातादेखि वर्षा भए पनि असारको तेस्रो साताबाट वर्षा कम हुँदा साउनको पहिलो सातासम्म १० प्रतिशत खेतमा धान रोपाइँ अझै नसकिएको हो ।


ज्ञान केन्द्र रूपन्देहीका सूचना अधिकारी अनिलकानु बानियाका अनुसार प्रतिकूल मौसमबीच अहिलेसम्म ९० प्रतिशत खेतमा धान रोपाइँ भएको बताए । केही दिन भित्रमा रूपन्देहीमा सबै खेतमा धान रोपाइँ सम्पन्न हुने बताए । कृषकले भने यो वर्ष पनि समयमै मल नपाउँदा धानको उत्पादन घट्ने चिन्ता लागेको बताउँछन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका किसान रामनरेश यादवले पानी नपरेका कारण धान रोपाइँ ढिलो भएको बताए । मल बिउको चिन्ता सधैं भइरहने रूपन्देही सैनामैनाका किसान विजय यादवले बताए ।

रूपन्देही तराईमा सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामध्ये एक हो । रूपन्देहीको दक्षिणी क्षेत्रका किसानका खेतमा सिँचाइको सुविधा छैन । आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने ​बाध्यता किसानलाई छ ।


Author

थप समाचार
x