कृषि

निषेधाज्ञामा मनपरी मूल्य

इकागज |
जेठ १९, २०७८ बुधबार १३:४२ बजे

भक्तपुर : भक्तपुर नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज यहाँका फलफूल पसलमा अनुगमन गरेको छ । फलफूलमा जथाभावी, मनपरी मूल्य बढाएर महँगोमा फलफूल बिक्री गरेकाले अनुगमन गरेको गोराले बताए ।

अनुगमनमा सबै व्यापारीलाई पसल सफा राख्न, पसल दर्ता र नवीकरण गर्न, तराजु नाप तौल विभागबाट नवीकरण गर्न, मूल्यसूची राख्न, महँगोमा बिक्री नगर्न, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिइएको छ  । अनुगमनमा कमलविनायक एसराज फलफूल पसलमा १५, कमलविनायक तरकारी तथा फलफूल पसलमा २०, क्लासिक फुड्स सपमा १०, सुवास फलफूल पसलमा १५, हरिन्द्र फलफूल पसलमा १८, सन्तोष फ्रुट सेन्टरमा तीन र एसपी जुस सेन्टरमा पाँच किलो बिग्रेको  फलफूल जफत गरी नष्ट गरिएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।



Author

थप समाचार
x