कृषि

ट्रेड युनियन कांग्रेस नवलपरासीले दियो कृषि तालिम

इकागज |
पुस २८, २०७८ बुधबार १२:२९ बजे

नवलपरासी - नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासी पश्चिम जिल्ला समितिले कृषि श्रमिकहरूलाई तरकारी खेती तथा पशु स्वास्थ्य तालिम दिएको छ । जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान ( जीलाफ) को सहयोगमा युनियनले नवलपरासीको प्रतापपुर गाउँपालिकामा मंगलबार १५ दिने कृषि तालिम सम्पन्न गरेको ट्रेड युनियन कांग्रेस नवलपरासी पश्चिम जिल्ला अध्यक्ष ज्ञानहरी अर्यालले बताए । ट्रेड युनियन कांग्रेसले विभिन्न जिल्लाहरूमा विगत लामो समयदेखि निशुल्क रोजगारमुलक तालिम संचालन गरी बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउँदै आएको जनाएको छ । 



Author

थप समाचार
x