कला

गायिका रचना रिमाल सवार गाडीलाई ट्रकले ठक्कर दियो

इकागज |
माघ १४, २०८० आइतबार १९:१० बजे

काठमाडौँ- गायिका रचना रिमाल सवार स्कार्पियो गाडीलाई ट्रकले ठक्कर दिएको छ । नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई बागमती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो ।

रिमालको अवस्था सामान्य रहेको जनाइएको छ । दुर्घटनाका कारण आज उनी महोत्सवमा भने उपस्थित हुन सकेकी छैनन् ।


उनले दुर्घटनाबारे फेसबुकमार्फत् जानकारी गराएकी छिन् । भोलि महोत्सवमा आफ्नो प्रस्तुति रहने जनाएकी छिन् ।

 


Author

थप समाचार
x