कला

भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डेको निधन

इकागज |
माघ १९, २०८० शुक्रबार १५:८ बजे

काठमाडौँ- भारतीय अभिनेत्री तथा मोडल पूनम पाण्डेको निधन भएको छ । भारतीय मिडियाका अनुसार पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु‍ भएको हो ।

पाण्डेको मृत्युको खबर उनकी बहिनीले पुष्टी गरेको भारतीय मिडिया​ले जनाएका छन् । यसअघि उनकी प्रबन्धक निकिता शर्माले प्रेस नोट जारी गर्दै उनको निधनको जानकारी दिएकी थिइन् ।


मिडिया रिपोर्टका अनुसार पूनमको उनकै गृहनगर कानपुरमा मृत्यु भएको थियो । अन्तिम संस्कार पनि त्यहीँ हुनेछ ।

३२ वर्षीया पूनम २०११ मा एक बयानका कारण रातारात चर्चित भएकी थिइन् । पूनमले भारतले विश्वकप जित्यो भने आफू नग्न हुने बताएकी थिइन् । भारतले विश्वकप जितेपछि पूनमको नामको निकै चर्चा भएको थियो ।

पूनमको जन्म कानपुरमा भएको थियो । उनले आफ्नो करियर मोडलको रूपमा सुरु गरेकी थिइन् । यसपछि उनले सन् २०१३ मा फिल्म 'नशा' बाट बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि उनी ‘आ गया हिरो’ र ‘द जर्नी अफ कर्मा’ जस्ता फिल्ममा देखिएकी थिइन् । एजेन्सी


Author

थप समाचार
x