कला

मदिरा सेवन गरेर हल्ला गरेको आरोपमा गायक राई पक्राउ

इकागज |
चैत २२, २०८० बिहीबार ८:७ बजे

फाइल तस्बिर

काठमाडौँ- गायक राजेशपायल राईलाई प्रहरीले पक्राउ गरेको छ । गएराति मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेको हो । 

राजेशपायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरेर प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले इकागजलाई जानकारी दिए ।


'क्लबमा मदिरा सेवन गरी हल्ला गरेकाले उनलाई पक्राउ गरिएको हो' उनले भने ।


Author

थप समाचार
x