कला

डेढ वर्षपछि बाल्टिमोरमा सांगीतिक कार्यक्रम

इकागज |
भदौ २९, २०७८ मंगलबार १०:५१ बजे

अमेरिकाको बाल्टिमोर सानो नेपाल जस्तै भैसक्यो । जहाँ ठूलो संख्यामा नेपालीको बसोबास रहेको छ । यहाँ हरेक नेपाली चाड पर्वमा ठूला ठूला सांगीतिक कार्यक्रम हुने गरेका छन् । हरेक वर्ष संगीतमय रहने बाल्टिमोर सहर वितेको डेढ वर्षयता सुनसान थियो ।

कोरोनाका कारण सुनसान रहेको यो सहर गत आइतबार एकाएक संगीतमय बन्यो । लामो समयदेखि अमेरिकामा बस्दै आएकी लोक गायिका सिर्जना बिरही थापाको संयोजनमा भएको सांगीतिक कार्यक्रममा प्रस्तुति दिन गायक हेमन्त शर्मा र पुरुषोत्तम न्यौपाने पनि अमेरिका पुगेका थिए ।


हेमन्त र पुरुषोत्तमको विषेश प्रस्तुती रहेको उक्त सांगीतिक कार्यक्रममा गायक भगवान भण्डारी, राजन ठकुरी, लोकगायिका सिर्जना बिरही थापाले पनि सांगीतिक माहोल तताएका थिए । ‘सगरमाथा सांगीतिक साँझ’ नाम दिएर सञ्चालन गरिएको उक्त कार्यक्रममा त्यस आसपासमा रहेका नेपालीको उल्लेख्य उपस्थिती रहेको थियो ।

‘सगरमाथा सांगीतिक साँझ’मा बरिष्ठ लोकगायक प्रेमराजा महत प्रमुख अतिथीका रुपमा उपस्थित भएका थिए । महतले दुई टुक्का गीत गाएर सुरु भएको सांगीतिक साँझ झण्डै ३ घण्टासम्म चलेको थियो ।


Author

थप समाचार
x