बैंक-वित्त

विकास बैंकहरूले घटाए ब्याजदर, भोलिदेखि लागू हुने

इकागज |
फागुन ३०, २०७९ मंगलबार ७:५२ बजे

काठमाडौँ- बदलिदो परिस्थितिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरूले ब्याजदर घटाउने निर्णयमा पुगेका छन् ।

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमबार बसेको बैठकले चैत १ अर्थातदेखि लागू हुने गरी बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो । 


जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरिएको छ भने एक वर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशतमा झार्ने निर्णय गरिएको छ ।

उता, चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरिएको छ । 


Author

थप समाचार
x