बैंक-वित्त

सनराइज बैंकद्वारा दूग्ध उत्पादन सीपमूलक तालिम सञ्चालन

इकागज |
जेठ १७, २०८० बुधबार १०:३७ बजे

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दूग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वीरेन्द्रनगरमा ३५ जना महिलाहरुको सहभागितामा ५ दिने दूग्ध उत्पादन सम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको थियो । 


पाँच दिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले गरेका थिए ।
 


Author

थप समाचार
x