बैंक-वित्त

तिहार लक्षित सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु

इकागज |
कात्तिक १९, २०८० आइतबार १४:३१ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरेर सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । बैंकले चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २.५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको हो ।

कार्तिक २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का खरिद गर्न सकिने बैंकले जनाएको छ । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ । बैंकले हरेक वर्ष तिहारका अवसरमा सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको छ ।



Author

थप समाचार
x