बैंक-वित्त

जुम्लामा कुमारी बैंकको शाखा

इकागज |
मंसिर ५, २०८० मंगलबार ११:५६ बजे

काठमाडौँ- कुमारी बैंक लिमिटेडले जुम्लाको चन्दननाथ नगरपालिका-६ मा आफ्नो शाखा विस्तार गरेको छ ।

सोमबार बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने योजना बनाएको छ ।


विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । 
 


Author

थप समाचार
x