बैंक-वित्त

राष्ट्र बैंकले १६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्ने

इकागज |
मंसिर १८, २०८० सोमबार ७:५८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार सोमबार दिउँसो दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।


जसअनुसार ९१ दिने अवधिको ट्रेजरी खरिदका लागि राष्ट्र बैंकले ६ अर्ब चार करोड ५० लाख तथा एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँ बराबरको रहेको जनाइएको 
छ । 
 
जारी मिति भने मंसिर १९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउने राष्ट्र बैंकले जनाएको छ ।


Author

थप समाचार
x