बैंक-वित्त

कामना सेवाको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी

इकागज |
मंसिर २९, २०८० शुक्रबार १८:४० बजे

काठमाडौँ- कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त भएका छन् ।

प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले स्वागत गरे । करिब १७ वर्षको बैंकिङ अनुभव भएका सुवेदीले शुक्रबार आफ्नो पद बहाली गरेका छन् ।


उक्त स्वागत तथा पद बहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत अन्य उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो । सुवेदी कामना सेवामा आउनुभन्दा अगाडि सांग्रीला डेभलपमेण्ट बैंकमा कार्यरत रहेका थिए । 

सुवेदीको नियुक्तिले बैंकको आफ्नो व्यवसाय वृद्धिमा उल्लेख्य टेवा पुग्ने विश्वास बैंकले लिएको छ । हाल देशभरका विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ वटा एटिएमबाट बैंकले आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । 


Author

थप समाचार
x