बैंक-वित्त

नेप्सेमा निबन्ध पठाएर ७५ हजार जित्ने मौका

इकागज |
पुस १, २०८० आइतबार ९:१० बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले नेप्सेको वार्षिकोत्सवको अवसरमा पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको छ । एक सूचना जारी गर्दै नेप्सेले सो जानकारी दिएको हो । 

नेप्सेको ३१औं वार्षिकोत्सवको अवसरमा "नेपालमा सुदृढ पुँजी बजारका लागि लगानीकर्ता साक्षरता" शीर्षकमा निबन्ध लेखेर पठाउन नेप्सेले भनेको छ । विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका कलेज क्याम्पसमा स्नातकोतर तहमा अध्ययन गर्ने विद्यार्थीहरुले मात्रै निबन्ध प्रतियोगितामा सहभागी हुन पाउनेछन् । निबन्ध पुस १५ सम्म नेप्सेमा पेस गर्न सूचनामा भनिएको छ । 


निबन्ध कम्तीमा २ हजार देखि २५ सय शब्दसम्मको हुनुपर्नेछ । उत्कृष्टताका आधारमा प्रथम हुनेले ७५ हजार, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार पाउनेछन् । 


Author

थप समाचार
x