बैंक-वित्त

ग्लोबल बैंकले गर्‍यो नि:शुल्क स्वास्थ्य शिविर

इकागज |
पुस २३, २०८० सोमबार ११:११ बजे

फाइल तस्बिर

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले मधेश प्रदेश अन्तर्गत सिरहाको सुखिपुर नगरपालिका- ८ स्थित सुखिपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्रदेश म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका- ०६ पोखरे आधारभुत विद्यालयमा १८० भन्दा बढि महिलाहरूको स्वास्थ्य चेकजाँच गरी स्थानीय महिलाहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गरेको हो ।


नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्री रोग विज्ञहरूले स्त्री रोगसम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रुपमा उपलब्ध गराएको हो । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।


Author

थप समाचार
x