राजनीति

इलामको मतगणना ११ बजेबाट सुरू हुने

इकागज |
बैशाख १६, २०८१ आइतबार ९:१२ बजे

फाइल तस्बिर

इलाम- इलाम क्षेत्र नं २ को उपनिर्वाचनको मतगणना ११ बजेबाट सुरू हुने भएको छ ।

आज बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो ।  गणना फाकफोकथुम गाउँपालिकाबाट सुरू हुनेछ ।


सुवास चन्द्र नेम्वाङको निधन भएपश्चात् हिजो उपनिर्वाचन भएको थियो  ।  

निर्वाचन आयोगका अनुसार मतगणना सुरु भएको १२ घण्टाभित्र अन्तिम नतिजा प्रकाशित गरिनेछ।

१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेको  मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।

 


Author

थप समाचार
x