बैंक-वित्त

एनएमबि बैंकको २८ औं वार्षिक साधारण सभा सम्पन्न

इकागज |
पुस २६, २०८० बिहीबार २१:३८ बजे

काठमाडौँ- एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा पौष २६ गते बिहीबार राष्ट्रिय सभागृहमा २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरूले आ-आफ्नो विचार समेत व्यक्त गरेका थिए ।


उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम बमोजिम संस्थापक शेयरधनीहरूको तर्फबाट मनोजकुमार गोयल र जीवनकुमार कट्वाल निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीहरूको समूहबाट उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । इँ: को तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनीत गरी पठाएको ब्यहोरा समेत सभामा जानकारी गराइएको थियो ।

बैंकको २०८० आषाढसम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ । 

बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 


Author

थप समाचार
x