बैंक-वित्त

एभरेष्ट र वानप्वाइन्टबीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन सझदारी

इकागज |
चैत १, २०८० बिहीबार १०:४७ बजे

काठमाडौँ- बैंक तथा वित्तीय संस्थालाई “API Management System - APIMS” उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एभरेष्ट बैंकबीच समझदारी भएको छ । समझदारी पत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर आशुतोष शर्मा र वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार एभरेष्ट बैंकलाई वान प्वाइन्टले “API Management System - APIMS” उपलब्ध गराउने उल्लेख छ । वानप्वाइन्टको एपीआईएमएसले बैंकको एपीआई सिस्टमलाई व्यवस्थित बनाउन सहयोग गर्ने छ ।


बैंक तथा वित्तीय संस्थाको डिजिटल बैंकिङ पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।


Author

थप समाचार
x