बैंक-वित्त

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड

इकागज |
चैत २२, २०८० बिहीबार १८:२७ बजे

काठमाडौँ- चालु आर्थिक वर्षको फागुन महिनासम्म शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड बचत रहेको छ ।

बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आठ महिनाको विवरणमा जानकारी दिएको हो ।


गत वर्ष यही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपैयाँ बचत थियो ।

त्यस्तै राष्ट्र बैंकले फागुन मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ रहेको जनाएको छ । बैंकले अहिलेको विदेशी मुद्राको सञ्चितिले १२.४ महिनाको वस्तुको आयत धान्न पुग्ने बताएको छ ।


Author

थप समाचार
x