बैंक-वित्त

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो

इकागज |
बैशाख ३, २०८१ सोमबार ११:३७ बजे

फाइल तस्बिर

काठमाडौं - कुमारी बैंकले आज सोमबार देखि सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम् १०६ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शीलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम् १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कुमारी  क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यसमा वैशाख ११ गतेसम्म आवेदन सकिनेछ । न्युजकारखाना



Author

थप समाचार
x