बैंक-वित्त

कुमारी बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न

इकागज |
माघ २९, २०८० सोमबार २१:२६ बजे

काठमाडौँ- कुमारी बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा आइतबारका काठमाडौँको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । 

सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेस गरिएको आ.व. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित भएको छ । त्यस्तै, लेखा परीक्षण प्रतिवेदनसहित आ.व. २०७९/८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.व.२०८०/८१ को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको छ । 


उक्त सम्पन्न साधारण सभामा भएको सञ्चालक चुनावमा संस्थापक शेयरधनी समूहबाट अमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का, र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।


Author

थप समाचार
x