आमचुनाव २०७९

ओखलढुंगा प्रदेशसभा (१) मा कांग्रेसका सुनुवार र (२) माओवादीका गौतम निर्वाचित

इकागज |
मंसिर ७, २०७९ बुधबार ७:३३ बजे

विराटनगर- ओखलढुंगाको प्रदेशसभामा सत्ता गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् ।  प्रदेशसभा (१) मा नेपाली कांग्रेसका प्रदीप सुनुवार र (२) मा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका हुन् ।  

प्रदेशसभा (१) बाट कांग्रेसका सुनुवारले १४ हजार ९१६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले पूर्व भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई ३६० मतान्तरले पराजित गरेका छन् । गुरुङले कुल १४ हजार ५ सय ५६ मत पाएका हुन् ।


त्यसैगरी प्रदेशसभा (२) मा गौतमले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञानबहादुर खड्कालाई १ हजार ९६ मतले पराजित गरेका छन् ।

गौतमले १५ हजार ७३८ मत प्राप्त गर्दा खड्काले १४ हजार ६४२ मत प्राएको जनाइएको छ । 

प्रदेश १ को प्रदेशसभातर्फको कुल ५६ प्रत्यक्ष सिटका लागि जारी मतगणनाबाट सुनुवार र गौतमको जितसँगै तीन सिटको टुंगो लागेको छ । यसअघि मोरङ–५ (१) बाट कांग्रेसकै गयानन्द मण्डल गनगाई निर्वाचित भएका भइसकेका छन् ।


Author

थप समाचार
x