आमचुनाव २०७९

रोचक ‘कमब्याक’ गर्दै योगेश भट्टराई निर्वाचित

इकागज |
मंसिर ७, २०७९ बुधबार १४:४९ बजे

विराटनगर । ताप्लेजुङमा नेकपा एमालेका योगेश भट्टराईले मतगणनाको अन्तिमतिर रोचक ‘कमब्याक’ गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतले पराजित गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत निर्मला योङ्खाका अनुसार नेकपा एमालेका भट्टराईले २१ हजार ९४३ मत प्राप्त गर्दा माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ हजार ७३५ मत पाएका हुन् । अन्तिम गणना भएको फुङ्लिङ ५ र ७ को १ हजार २४३ मत गन्न बाँकी हुँदा भट्टराई १८४ मतले अगाडि थिए । सुरुवाती गणनामा अग्रता लिएका भट्टराई त्यसपछि माओवादीका बुढाक्षेत्रीसँग पछि परेका थिए ।


भट्टराई दोस्रो पटक ताप्लेजुङबाट निर्वाचित भएका हुन् । २०७४ को निर्वाचनमा बामगठबन्धनबाट लडेका उनले नेपाली कांग्रेसका केशवप्रसाद दाहाललाई पराजित गरेका थिए । ताप्लेजुङमा कुल मतदाताको ५५ प्रतिशत अर्थात ४८ हजार ३५५ मत खसेको थियो ।


Author

थप समाचार
x