आमचुनाव २०७९

महाकाली सन्धिका ‘अन्तिम निर्णायक’ देवराज घिमिरेको झापा-२ मा के छ अवस्था ?

इकागज |
मंसिर ७, २०७९ बुधबार १५:६ बजे

काठमाडौँ- झापा क्षेत्र नं. २ मा हालसम्मको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेका देवराज घिमिरेले हाल भइरहेको मतगणनामा एक हजार पाँच सय ९२ मतले अग्रस्थान रहेका छन् । उनले १९ हजार १ सय ८९ मत पाउँदा स्वतन्त्रका भद्रप्रसाद नेपालले १७ हजार ५ सय ९७ मत प्राप्त गरेका छ । 

तेस्रो स्थानमा माओवादी केन्द्रका हरिकुमार राना मगरले १० हजार १ सय ८९ मत प्राप्त गरेका छन् । 


को हुन् देवराज ?
२०५६ सालमा राष्ट्रिय सभामा निर्वाचित, एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज र २०४९ सालको पाँचौं महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनिएका घिमिरेको अर्को खास पहिचान छ । उनी नभएको नभए नेपाल भारत महाकाली सन्धि तत्कालीन नेपालको संसद्‌बाट पारित हुने थिए ।

देवराज कसरी निर्णायक ?
महाकाली सन्धि अनुमोदन गर्ने/नगर्नेबारे २०५३ असोज ४ गते तत्कालीन प्रमुख विपक्षी नेकपा एमालेको केन्द्रीय कमिटीका बैठक ६ घण्टा बसेका बैठकले ‘बहुमतद्वारा सन्धि अनुमोदन गर्ने’ निर्णय गर्‍यो । 

खुला मतदान हुँदा सन्धिको पक्ष र विपक्षमा १७, १७ मत परेपछि पहिलो चरणको मतदान निर्णाय हुन सकेन । तत्कालीन केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ र अष्टलक्ष्मी शाक्य तटस्थ बसे । गोप्य मतदान हुँदा पनि श्रेष्ठ र शाक्य मतदानमा भाग लिएनन् । अन्तत: सन्धिको पक्षमा र विपक्षमा १६ मत खस्यो ।

मतदान हुँदा तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी अस्पतालको बेडमा थिए । अधिकारीको मत तत्कालीन वैकल्पिक केन्द्रीय सदस्य देवराज घिमिरेलाई प्रयोग गर्न दिइएको थियो । अधिकारी सन्धिको पक्षमा थिएनन् । तर घिमिरेले अधिकारीको इच्छाविपरीत तत्कालीन स्थायी समिति सदस्य खड्गप्रसाद ओलीको इशारामा महाकाली सन्धिको पक्षमा मतदान गरे ।

सन्धि अनुमोदन गराउने निर्णायक मत दिएकाले देवराज घिमिरेलाई महाकाली सन्धि गराउने अन्तिम श्रेय गएको थियो । ‘जुन खालको शैली र प्रक्रिया अपनाएर एकैदिनमा पटकपटक पटक मतदान गराएर जसरी पनि सन्धि पास गराउने पक्षको बहुमत पुर्‍याउने खेल खेलियो, त्यस खालको प्रक्रियाबाट मनमोहन अधिकारी असन्तुष्ट हुनुभएको थियो,’ डा. ढाकाराम सापकोटाले आफ्नो पुस्तक ‘मनमोहन अधिकारी : नेपाली राजनीतिमा ६ दशक’ मा लेखेका छन् ।
 


Author

थप समाचार
x