आमचुनाव २०७९

दोलखा, बाजुरा र स्याङ्जाको मतगणना छिट्टै हुन्छ : प्रवक्ता शर्मा

इकागज |
मंसिर ११, २०७९ आइतबार १८:३५ बजे

फाइल फोटो

काठमाडौँ - निर्वाचन आयोगले यही मङ्सिर ४ मा मतदान सम्पन्न भएका दोलखा, बाजुरा र स्याङ्जामा मतगणनाका विषयमा छिट्टै निर्णय लिने जानकारी दिएको छ । 

आयोगले तीन जिल्लामा अध्ययनका लागि टोली पठाएको र टोलीले अध्ययन प्रतिवेदन बुझाएपछि निर्णय लिएर अघि बढ्ने बताएको हो । 


`बाजुरा र स्याङ्जाको हकमा आयोगले छिट्टै निर्णय गर्छ, त्यसका लागि केही आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ`, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “यी क्षेत्रमा अध्ययनका लागि आयोगले टोली खटाएको छ, टोलीको प्रतिवेदनपछि आयोगले निर्णय गर्छ ।`
 
दोखलाका १० मतदान केन्द्रमा मतदानमा धाँधली भएको भन्दै आयोगले पुनः मतदान गर्ने भएको छ भने स्याङ्जामा राजनीतिक दलबीचको विवादका कारण मतगणना सुरु हुन सकेको छैन । बाजुराको बूढीनन्दा नरपालिका–५ मा शनिबार पुनःमतदान भए पनि राजनीतिक दलबीच विवाद कायमै रहँदा मतगणना सुरु हुन नसकेको हो ।

आयोगका अनुसार हालसम्म प्रतिनिधिसभा सदस्यका लागि १६५ क्षेत्रमध्ये १५७ क्षेत्रको नतिजा आइसकेको छ । यी तीन निर्वाचन क्षेत्रबाहेक पाँच क्षेत्रमा भने मतगणना जारी छ । रासस


Author

थप समाचार
x