दल

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुँदैनौँ : महेश बर्तौला

इकागज |
बैशाख २४, २०८१ सोमबार १६:५ बजे

काठमाडौँ- नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू तयार रहेको बताएको छ  ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलले उठाएको कुराको सम्बोधन गरेर समग्र सहकारी ठगीको छानबिन गरेर अगाडि बढ्नुपर्ने बताएका हुन्  ।


बर्तौलाले व्यक्ति तोकेर छानबिन गर्नुपर्छ भन्ने कांग्रेसको अडान कायम रहेमा आफूहरूको समर्थन नरहने बताए । उनले व्यक्तिमाथि छानबिन गर्न माग गरिरहँदा समग्र सहकारी ठगीको छानबिन प्रभावित हुन नहुने बताउँदै अगाडि बढ्नुपर्ने जिकिर गरे । बर्तौलाले कांग्रेसले समग्र सहकारी ठगीको छानबिनको माग उठाएको हो वा व्यक्ति केन्द्रित छानबिन गर्न भनेको हो भन्ने स्पष्ट हुनुपर्ने भनाइ राखे ।

यसअघि सत्ता समीकरणमा रहेको माओवादी केन्द्र र एमालेबीच समग्र सहकारी ठगीको विषयमा छानबिन गर्ने सहमति भएको बताइएको छ । तर, यो कांग्रेसको मागअनुसार भने नभएको बताइएपछि कांग्रेसले आफ्नो विरोध जारी राख्ने बताएको छ  ।

वैशाख २८ गतेदेखि संघीय संसदको बैठक आव्हान गरिएको छ ।
   


Author

थप समाचार
x