आमचुनाव २०७९

खोटाङका २२ मध्ये १६ उम्मेदवारको जमानत जफत

इकागज |
मंसिर १२, २०७९ सोमबार २१:५० बजे

फाइल फोटो

खोटाङ - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खोटाङका १६ उम्मेदवारको जमानत जफत भएको छ । मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेकामा प्रतिनिधिसभातर्फ ६ जना र प्रदेशसभातर्फ १२ उम्मेदवारको जमानत जफत भएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यको जनही १० हजार र प्रदेशसभा सदस्यको जनही पाँच हजार जमानत जफत भएको हो । 


प्रतिनिधिसभातर्फका आठ उम्मेदवारमध्ये राप्रपाका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई, स्वतन्त्रका जयन्द्रकुमार राई, जनता समाजवादी पार्टीका कृष्णकुमार राई र मंगोल नेशनल अर्गनाइजेसनका दिपक मगरको जमानत जफत भएको हो । कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा मनोनयन दर्ताका क्रममा धरौटी वापत राखेको १० हजार रकम जफत भएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । 

प्रतिनिधिसभातर्फ कुल ६४ हजार ४२२ सदर मत खसेको थियो । जमानत जोगाउनका लागि उनीहरुले कम्तीमा छ हजार ४४३ मत ल्याउनुपथ्र्यो । प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका रामकुमार राई विजयी र एमालेका बिशाल भट्टराई निकटतम प्रतिद्धन्द्धीको मात्र जमानत जोगिएको छ । 

यस्तै, आठ उम्मेदवार रहेको प्रदेशसभा (क)मा नेपाल कम्यूनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)का पदमप्रसाद आचार्य, नेपाल मजदुर किसान पार्टीका केशव राई, जनता समाजवादी पार्टीका राकेश राई, स्वतन्त्रका कुमारप्रसाद भट्टराई, स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेल र मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईको जमानत जफत भएको हो । 

३२ हजार ३९० सदर मत खसेको प्रदेशसभा (क)मा उनीहरुले कम्तीमा तीन हजार २३९ मत प्राप्त गरेको भए जमानत जफत हुनबाट जोगिन्थ्यो । प्रदेश (क)मा एमालेका पाँचकर्ण राई  र नेकपा (एकीकृत समाजवादी)का बिरवलकाजी राईको मात्र जमानत जोगिएको छ । 

छ जना उम्मेदवार रहेको प्रदेशसभा (ख)मा नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकाल, जनता समाजवादीका प्रेमकुमार राई, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राई र मंगोल नेशनल अर्गनाइजेसनका विमला राईको जमानत जफत भएको छ । प्रदेश (ख)मा कांग्रेसका भूपेन्द्र राई र एमालेका रामप्रसाद दंगालको मात्र जमानत जोगिएको छ । कुल ३५ हजार ३८१ सदर मत खसेको प्रदेश ९ख०मा जमानत जोगाउन कम्तीमा तीन हजार ५३९ मत आवश्यक थियो । रासस


Author

थप समाचार
x