आमचुनाव २०७९

आमचुनाव २०७९

समानुपातिकमा ९५ लाख मत गणना सकियो : कुन दलले कति पाए ? (मतसहित)

इकागज |
मंसिर १३, २०७९ मंगलबार ७:३३ बजे

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ ९५ लाख ४३ हजार ४६३ मत गणना भएको छ । सोमबार बिहान ‍८ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ । 

नेकपा एमाले २५ लाख ७६ हजार ९२५ मतसहित शीर्ष स्थानमा रहेको छ । 


नेपाली कांग्रेसले २४ लाख ४६ हजार ३५१ पाएको छ । 

नेकपा माओवादी केन्द्रले १० लाख ९४ हजार ९०२ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार ६८६ मत पाएको छ ।

राप्रपाले ५ लाख ५० हजार ४३७ मत पाएको छ । 

यस्तै जसपाले ३ लाख ५५ हजार ६६७ मत पाएको छ ।

जनमत पार्टीले २ लाख ९५ हजार २१८ मत पाएको छ ।

एकीकृत समाजवादी पार्टीले २ लाख ६३ हजार ७३९ मत पाएको छ ।

हाल मत गणना जारी छ ।


Author

थप समाचार
x