सिनेमा

राजेश खन्ना र अमिताभ बच्चनको ‘आनन्द’को रिमेक बन्ने

इकागज |
जेठ ५, २०७९ बिहीबार १४:२२ बजे

मुम्बई-  राजेश खन्ना र अमिताभ बच्चनको जीवनको सबैभन्दा रुचाइएको सिनेमा ‘आनन्द’को रिमेक बन्ने भएको छ । ऋषिकेश मुखर्जी निर्देशित यो सिनेमालाई राजेश खन्ना र अमिताभ बच्चनको उम्दा अभिनय भएको फिल्म मानिन्छ । 

एनसी सिप्पी निर्मित यो फिल्मलाई उनकै नाती समीरराज सिप्पी र विक्रम खाखरले मिलेर निर्माण गर्न लागेका हुन् । निर्माण टिमले अहिले फिल्मको लेखनको काम चलिरहेको जनाएको छ । यसैगरि लेखनको काम सकिएपछि मात्र निर्देशक र कलाकार चयन गरिने पनि निर्माण टिमले जनाएको छ । 


मृत्युको मुखमा रहेको मानिसको सकारात्मक जीवन शैलीको कथा प्रस्तुत गर्ने फिल्ममा राजेश खन्नाले क्यान्सर रोगीको भूमिका निर्वाह गरेका थिए । अमिता बच्चनले उनको डाक्टरको भूमिका निर्वाह गरेका थिए ।  
 


Author

थप समाचार
x