सिनेमा

दर्शकलाई कार्डी बीको माइकको झटारो !

इकागज |
साउन १४, २०८० आइतबार १२:३८ बजे

लसएन्जल्स - गायिका कार्डी बीले दर्शकलाई माइक हानेको भिडियो क्लिप्स यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । अझ यो क्लिप्सलाई कार्डी बीले आफैँ ट्वीट गरेपछि त झन् भाइरल हुने नै भयो ।  भिडियो क्लिप्समा कार्डी बीले दर्शकलाई माइकले हिर्काएको देखिएको छ ।

कार्डी बीले आफैँ क्लिप्स सेयर गरेपछि घटना सत्य हो भन्ने कुरामा कुनै दुविधा रहेन । तर कार्डी बीले माइक हिर्काउनु भन्दा अगाडि एउटा घटना घटेको रहेछ । कार्डी बीले स्टेजमा गीत गाइरहँदा दर्शकदीर्घामा रहेको कसैले कार्डी बीको मुख ताकेर पानीले हानेको देखिन्छ । जवाफमा गायिकाले पनि पानी छेप्ने मान्छेलाई माइकले हिर्काएकी छिन् ।


बाहिरतिर गायिका र दर्शकबीच यस्तो हानाहान चलिरहन्छ । यसअघि पनि कार्डी बीलाई दर्शकले चिढ्याउने गरेका थिए । तर यस्तो बेलामा उनले ब्रेक लिने र शान्त भएपछि फर्केर आएर पर्फम दिने गरेकी थिइन् । तर यो पटक भने उनले रिस थाम्न नसकेर माइकले सिधै हिर्काएकी थिइन् । 
 


Author

थप समाचार
x