सिनेमा

‘फ्रेन्ड्स’ अभिनेता म्याथ्यु पेरीको निधन

इकागज |
कात्तिक १२, २०८० आइतबार १२:१३ बजे

लसएन्जल्स : अमेरिकी एक्टर एवं कमेडियन म्याथ्यु पेरीको ५४ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी अधिकारीहरुका अनुसार उनलाई शनिबार बिहान ४ बजे बाथटबमा मृत अवस्थामा भेटिएको हो ।

९० को दशकको हिट टिभी सिटकम ‘फ्रेन्ड्स’मा चान्डलर बिङको भूमिका निभाएका पेरी यही चरित्रका कारण विश्वभर परिचित भएका थिए ।  ​न्यूयोर्क सहरमा बस्ने ६ जना युवा साथीको सम्पत्तिबारेको फ्रेन्ड्स सन् १९९४ देखि सन् २००४ सम्म प्रसारण भएको थियो ।


फ्रेन्ड्सको अन्तिम एपिसोडलाई अमेरिकामा पाँच करोड २५ लाख मानिसले हेरेका थिए । सन् २००० को दशकमा यो सबैभन्दा बढी हेरिएको टिभी एपिसोड बनेको थियो । पेरीले फूल रस इन, अलमोस्ट हिरोज र द होल नाइन यार्ड लगायत चलचित्रहररूमा पनि अभिनय गरेका थिए ।

तर ‘फ्रेन्ड्स’को लोकप्रियताको तुलनामा उनका फिचर फिल्मले उनको करिअरमा उडान भर्न सकेन । बरु ९०को दशकमा पेरी सुन्दरी अभिनेत्रीसँगको अफेयरमा चर्चामा रहने गरेका थिए । उनको नाम जुलिया रोबर्टस्, सेल्मा ब्लेयर, कप्लान आदि अभिनेत्रीसँग जोडिएको थियो । उनले विवाह पनि गरेका थिएनन् ।

 


Author

थप समाचार
x