सिनेमा

डिग्री माइलाको गीत 'किन' सार्वजनिक

इकागज |
चैत २२, २०८० बिहीबार ११:२४ बजे

काठमाडौँ - आगामी चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’ को नयाँ गीत ‘किन ?’ सार्वजनिक गरिएको छ ।

बुधबार सार्वजनिक गीतमा हेमन्त रानाको शब्द रचना, संगीत तथा गायन रहेको छ । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचलबीचको प्रेम देखाइएको छ ।फिल्मले यस गीतबाट फिल्म अन्तरजातीय प्रेमकथामा बनेको अनुमान गर्न सकिन्छ ।


रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, हिउँवाला गौतम, कमलमणि नेपाल, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक आदिको पनि अभिनय रहेको छ ।

फिल्मको निर्माताहरुमा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ छन् । कार्यकारी निर्माता क्रिश लामा हुन् । ‘डिग्री माइला’ नाटकमाथि बनेको फिल्म हो । २०६९ र २०७१ सालमा मण्डला थिएटरमा ‘डिग्री माइला’ नाटक मञ्चन भएको थियो । नाटकलाई दयाहाङले निर्देशन गरेका थिए । रामबाबुले नाटककै कथालाई केही परिमार्जित गरेर फिल्मको स्वरूप दिएका हुन् ।

 


Author

थप समाचार
x