संवैधानिक अंग

निर्वाचन आयुक्त डा. जानकी तुलाधर भन्छिन्

'निर्वाचन प्रणाली सुधार्न सशक्त कानून आवश्यक'

इकागज |
चैत ७, २०७९ मंगलबार १३:१२ बजे

काठमाडौँ - निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले आयोग निर्वाचन प्रणाली सुधारको प्रक्रियामा रहेको बताएकी छन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधार गर्न काम गरिरहेको बताइन् । निर्वाचन अझै परिष्कृत तरिकाले अघि बढ्न आयोगले आफ्ना कामहरू गरिरहेको उनको भनाइ छ । 

निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानून बनाउन आवश्यक रहेको उनले बताइन् । उनले साइबर अपराधको नियमन र नियन्त्रण गर्न र डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तक्षेप रोक्न कानून र प्रविधिको अभाव रहेको बताइन् । उनले अनुगमन संयन्त्र पर्याप्त नहुँदा पनि धेरै समस्या भोग्नुपरेको उल्लेख गरिन् । द्वेषपूर्ण अभिव्यक्ति निर्वाचनको समयमा मात्रै नभइ अन्य समयमा पनि भइरहने भएकाले त्यसको नियमन हुन आवश्यक रहेको उनको भनाइ छ । 


निर्वाचन आयुक्त तुलाधरले सामाजिक सञ्जालको सही सदुपयोग गरी जनस्तरमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताइन् । 
 
 


Author

थप समाचार
x