कर्पोरेट

इनड्राइभरद्वारा नेपालमा राइड हेलिङ एप सार्वजनिक

इकागज |
जेठ १२, २०७९ बिहीबार १६:४७ बजे

काठमाडौँँ- अन्तरराष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले काठमाडौँमा आफ्नो सेवा शुरु गरेको छ । कम्पनीले औपचारिक रूपमा राइड हेलिङ एपको सुरुवात गरेको हो।

इन-ड्राइभरले चालक र यात्रुलाई जोड्दै प्रत्येक यात्राको सबै शर्तहरू माथि स्वतन्त्ररुपमा सहमति जनाउन सक्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ। इनड्राइभरको रियल टाइम डिल्स (आरटीडी)मोडल मार्फत यात्रुलाई आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरूबाट सोझै काउन्टर अफर प्राप्त गर्न सक्नेछन्। यसको बदलामा चालकहरूले आफ्ना लागि कुन राइड रिक्वेष्ट उत्कृष्ट हुन्छ भन्ने निर्णय गर्न सक्छन भने आफ्ना मूल्य समेत सुझाउन सक्नेछन् ।


अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरू भन्दा अलग इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रुपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा प्रदान गर्ने जनाएको छ ।

यदि यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरूले चालकको ईटीए, रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्नेछन् ।
चालकले पनिकुनै पनि अर्डर मूल्य तथा दूरी, यात्रुको रेटिङ, पिकअप लोकेशन तथा उक्त यात्रुले यसअघि गरेका इनड्राइभर ट्रिपको सङ्खयाका आधारमा छनोट गर्न सक्नेछन् ।

इनड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले भनिन् ‘हामी इनड्राइभर नेपालमा ल्याउन उत्साहित छौं । हाल हामीले आफ्नो सेवा काठमाडौँ उपत्यकामा सञ्चालन गरिरहेका छौं र छिट्टै नै नेपालका मुख्य शहरहरूमा उपलब्ध गराउनेछौँ । कम्तीमा सेवा सञ्चालनको सुरुवाती ६ महिनामा इनड्राइभरले चालकसँग कुनै कमिसन लिने छैन, यसको मतलब उनीहरूले प्रत्येक राइडको सम्पूर्ण शुल्क कर बाहेक आफैंले प्रयोग गर्न पाउनेछन्। । त्यसपछि लागू हुने कमिसन काठमाडौँमा चलेका अन्य राइडहेलिङ सेवा प्रदायकको भन्दा तुलनात्मक रुपले कम हुनेछ । इनड्राइभरले हालसम्म नेपालमा ४ हजारभन्दा बढी चालकहरूलाई साइन अप गरिसकेको छ’,

 राइड रिक्वेस्ट बुक गर्न यात्रुले पिकअप तथा ड्रपअफ प्वाइन्ट लगायतका जानकारी तथा अनुमानित शुल्क एपमा प्रविष्ट गर्नुपर्नेछ । सिस्टममा रजिस्टर्ड भएका चालकहरूले तुरुन्त नोटिफिकेशन प्राप्त गर्ने र त्यसपछि अर्डर स्विकार गर्ने, अस्विकार गर्ने तथा उक्त यात्राका लागि आफ्नो शुल्क तोक्न सक्ने कम्पनीले जनाएको छ।

इनड्राइभरको आरटीडी मोडलले चालक तथा यात्रुलाई सोझै शुल्क मोलमोलाइको सुविधा दिँदै शक्ति सर्वसाधारणलाई नै उपलब्ध गराएको छ । उदाहरणका लागि, एपमार्फत यात्रुले काठमाडौँको गोगबु बसपार्कबाट ललितपुरको सातदोबाटोसम्म यात्रागर्दा बढीमा २७० रुपैयाँ तथा ठमेलबाट बौद्धनाथ सम्म पुग्न १३० रुपैयाँ मात्र तिर्नुपर्ने हुन्छ ।
 


Author

थप समाचार
x