कर्पोरेट

नेशनल लाईफले गरायो अभिकर्ताहरूलाई मुक्तिनाथ भ्रमण

इकागज |
बैशाख १२, २०८१ बुधबार १४:७ बजे

काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूलाई तीन रात चार दिनको मुक्तिनाथ भ्रमण गराएको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०८० असोज र कार्तिक महिनामा सञ्‍चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल २०० जनाभन्दा बढि वरिष्ठ अभिकर्ताहरूलाई नेपालको पर्यटकिय क्षेत्र मुस्ताङको मनोरम दृष्यहरू अवलोकन गराउने र तहाँ अवस्थित नेपालको मुख्य तिर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गराउने उदेश्यले भ्रमण कार्यक्रम आयोजना गरिएको हो । 


कम्पनीका एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले भ्रमण कार्यक्रमबाट देशको आन्तरिक पर्यटन प्रवर्द्धन हुनुका साथै विभिन्न क्षेत्रमा कार्यरत अभिकर्ताहरूबीच एक आपसमा अभिकर्ता समूहको दक्षता अभिवृद्धिमा प्रत्यक्ष लाभ पुग्न जाने भएकोले कम्पनीले यस प्रकारको योजना ल्याएको र अभिकर्ताहरूको उत्साहजनक उपस्थितीले योजना सफल भएको बताए । 


Author

थप समाचार
x