कर्पोरेट

एनएमबिद्वारा गैर सरकारी संस्था 'छोरी' मा वित्तीय साक्षरता कार्यक्रम सञ्‍चालन

इकागज |
जेठ २२, २०७९ आइतबार १३:२५ बजे

काठमाडौँ - एनएमबि बैंकद्वारा विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा शशक्तिकरण गर्दै आएको गैर सरकारी संस्था 'छोरी' मा आवद्ध दिदी बहिनीहरूलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदी बहिनीहरूको उपस्थिति रहेको थियो ।

बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रमा उपस्थित दिदी बहिनीहरूलाई उत्प्रेरणाको साथै बचत, लगानी, विभिन्‍न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्‍न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।  उक्त कार्यक्रममा एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल, नबिन पन्थि र छोरी संस्थाकोे तर्फबाट कार्यक्रम संयोजक शारदा पुरीको उपस्थिति रहेको थियो । 


विगतका वर्षहरु देखी नै महिला उद्यमशील सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको यस बैंकले महिला सशक्तीकरणको लागि विभिन्न समयमा विभिन्न समूहहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । छोरी संस्थाका दिदी बहिनीहरूलाई गरिएको यस कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ । बैंक र छोरी संस्था दुबैले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरुमा सहकार्य गर्ने जानकारी गराएका छन् ।

एनएमबि बैंकले दि फाइनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि  ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।   
एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । 


Author

थप समाचार
x