कर्पोरेट

'सीजीले नेपाली मूल्यमा अन्तर्राष्ट्रिय क्‍वालिटीको सामान दिन्छ'

इकागज |
असार ५, २०७९ आइतबार १८:३५ बजे

काठमाडौँ- सीजी इलेक्ट्रोनिक्स २०३८ मा स्थापना भएको हो । सुरुवाती दिनमा सीजीले पानसोनिक रेडियोको व्यापार गरेको थियो । सो समयमा नेपालमा टेलिभिजनको उपस्थिती थिएन । पछि २०४१ मा नेपाल टेलिभिजन आएसँगै २०४४ देखि हामीले एलजीका टेलिभिजन बिक्री सुरु गरेका हौँ । सीजी कोरियाबाट एलजीको टेलिभिजन आयात गरेर बिक्री गरेका थियौँ ।

नेपाली उपभोक्ताहरूको माग र चाहाना अनुरुप २०६२/६३ मा नेपालमा सीजी ब्रान्ड स्थापना गरेर सीआरटी टेलिभिजन र डिभिडी प्लेयर लन्च गरेका थियौं ।


करिव १६/१७ वर्षको यात्रामा झन्डै ३० ओटा प्रोडक्टको सयभन्दा बढी रेन्ज सहित बजारमा नम्बर १ ब्रान्ड भएर अगाडि आएका छौँ । यसरी यो अवस्थामा आइपुग्न धेरै जनाको योगदान रहेको छ । लगानी मार्केटको डिमान्ड, हाम्रा ग्राहक, हाम्रो सर्भिस लगायतका कुराले गर्दा हामी यो ठाँउमा आइपुगेका हौँ । सीजीको क्वालिटीको कुरा गर्दा हाम्रो प्रोडक्ट कुनै मल्टिनेशनल ब्राण्डभन्दा कम छैन र मूल्यमा भने नेपाली मूल्यमा पाउन सक्नुहुन्छ ।

हाल सीजीको टिभी रेफ्रिजरेटर, वासिन मेसिन, लगायतका सामानहरू उपलब्ध रहेका छन् । सीजीको मुख्य उद्देश्य भनेको ग्राहकहरूलाई अन्य स्थानमा भौतारिन नपरोस् भन्ने हो । सीजीको सम्पूर्ण टिभी, फ्रिज, वाटर डिस्पेन्चर लगायतका सम्पूर्ण घरायासी सामान यसको सोरूममा ग्राहकले सजिलै पाउन सक्छन् । यसकारण पनि सीजीको सोरूमा सबै इलेट्रोनिक्स सामानहरू पाइन्छ । बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्विस)मा पनि सीजीको नेपालभर १ सय ४० भन्दा बढी सर्विस सेन्टरहरू रहेका छन् । सिजीको एण्ड्रोइड टिभी गुगल सर्टिफाइड रहेको छ जुन गुगलको साइटमा समेत सुचीकृत रहेको छ ।

 


Author

थप समाचार
x