कर्पोरेट

आइएमई पे को  ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक

इकागज |
असार ९, २०७९ बिहीबार १६:५० बजे

काठमाडौँ- आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित 'आइएमई पे' ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत सबै प्रयोगकर्ताहरूले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभरीमा १० प्रतिशत छुट (अधिकतम १०० सम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्नेछ । उक्त अफर यहीँ असार १०, २०७९ शुक्रवारसम्म दिन १ दिनको लागि मात्र मान्य हुनेछ । 


अफर अन्तर्गत पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउँनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर  ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक प्राप्त गर्न सक्दैन । आइएमई पे नेपालकै अग्रणी फिनटेक मध्ये एक हो जसले डिजिटल वालेटका सबै सुविधाका साथै अन्य आर्थिक लाभहरू प्रदान गरिरहेको छ । वित्तीय समावेशीताको सामूहिक लक्ष्यका साथ आइएमई पे आफ्ना सेवाहरू एक सरल तर प्रभावकारी एप मार्फत देशका हरेक कुना–कुनामा उपलब्ध गराउनमा केन्द्रित रहेको छ ।


Author

थप समाचार
x