कर्पोरेट

सानिमा बैंक अब काठमाडौँको नेपालटारमा

इकागज |
असार १७, २०७९ शुक्रबार १७:३९ बजे

काठमाडौँ- सानिमा बैंक लिमिटेडले शुक्रबार तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा आफ्नो शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र यस बैंकका संचालक गायत्री थापाले संयुक्त रुपमा गरे ।

उद्घाटन ब्रान्ड प्रवर्द्धक श्रेष्ठ र सञ्‍चालक थापाले सबल र विश्‍वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्‍चलराज पाण्डेले बैंकका ग्राहक तथा समस्त सरोकारवालाहरूलाई निरन्तर सहयोग एवम् सद्‍भावका लागि कृतज्ञता व्यक्त गरे ।


सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा ए.टि.एम. सञ्‍चालनमा रहेका छन् । 


Author

थप समाचार
x