कर्पोरेट

कलेज आइडिया हन्ट २०२२ सुरु

इकागज |
साउन २२, २०७९ आइतबार १२:१९ बजे

काठमाडौंँ - आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आइडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ । बिहीबार (अगस्ट ४) बागबजारस्थित काठमाडौं मोडल कलेजमा पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुलाएको घोषणा गरेको हो ।

नेपाली समाजको रुपान्तरण र व्यवसायिकताको प्रवर्द्धनमा क्रियाशील आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरिरहेका तथा नयाँ योजना र आइडियासहित शो उद्यम गर्ने सोच बनाएका विद्यार्थीहरूलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो ।


वर्तमान युग र समय सापेक्ष समस्या र अवसरहरू सम्बन्धित नवीनतम तथा दिगो समाधान सहितका आइडिया भएका विधार्थीहरूले कलेज आइडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन् । 

उक्त कलेज आइडिया हन्टको पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का‍ उपाध्यक्ष सुरेन्द्र बस्नेत अतिथि वक्ताको रूपमा उपस्थित थिए ।

यसैगरी त्रिभुवन विश्वविधालय व्यवस्थापन संकायका उपनिर्देशक डा. गंगाराम विश्वकर्मा, वल्र्ड वाईल्डलाइफ फण्ड नेपालका (डब्लु डब्लु एफ) देश प्रतिनिधि डा. घन श्याम गुरुङ, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा , कलेज आइडिया हन्ट २०१९ का बिजेता जोसेप श्रेष्ठ, आईडिया स्टुडियो सिजन ४ की आईडिएटर आङ डोल्मा शेर्पा, विद्यार्थीहरू विभिन्न विशिस्ट व्यक्तिहरू उपस्थिति रहेको थियो । 

कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरू मध्यबाट उत्कृष्ट १० योजनालाई व्यवसाय सम्वन्धि विभिन्न तालिम तथा परामर्श प्रदान गरिनेछ । उत्कृष्ट ३ विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आइडिया स्टुडियो सिजन ७ मा सिधै प्रवेश पाउनेछन् । साथै इन्क्युबेसन कार्यक्रम, व्यवसायीक संजाल, रियालिटी टिभी सो र लगानीको अवसर समेत प्राप्त गर्नेछन् । 


Author

थप समाचार
x