कर्पोरेट

वेस्टर्न युनियनका प्रमुख एजेन्टहरुद्वारा १० तोला सुन विजेताको नाम सार्वजनिक

इकागज |
मंसिर ९, २०७९ शुक्रबार ०:३३ बजे

काठमाडौँ- वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो दशैं लक्षित सुनपती अभियानको विजेता रेविका सुनुवारको नाम सार्वजनिक गरेको छ । यस अन्तर्गत विजेताले बम्पर लक्की ड्र मार्फत् १० तोला सुन जितेकी छन् ।

वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिकाबीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो । नेपालमा ३५ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैं, तिहार र छठलाई लक्षित गरी १० तोला सुनपती, दस हप्तासम्म उपहार कति कति अभियान सुरु गरेको थियो ।


१० तोला सुनबाहेक भाग्यशाली विजेताहरुले प्रत्येक हप्ता, दस हप्तासम्म लक्की ड्रबाट दस दस जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्डर र इन्डक्सन चुलो पनि जितेका छन् । अभियानमा अहिलेसम्म तीन सय विजेताले उल्लेखित पुरस्कारहरु प्राप्त गरेका छन् ।


Author

थप समाचार
x