कर्पोरेट

सिटी एक्सप्रेसको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्‍न

इकागज |
मंसिर २१, २०७९ बुधबार १९:१७ बजे

काठमाडौँ- सिटी एक्सप्रेस मनि ट्रान्सफरले काठमाडौं स्थित होटल अलफ्टमा 'विदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो' योजनाको  उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ । “विदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटेन्स पठाउने जीवन रायमाझीलाई “५ तोला सुन”,  यु के बाट रेमिटेन्स पठाउने नुना गुरुङलाई १ तोला सुन , कोरिया बाट रेमिटान्स पठाउने रीना कुमारी तामाङलाई १ तोला सुन , मलेशियाबाट रेमिटेन्स पठाउने पुरण रोकालाई १० तोला चाँदी , जापानबाट रेमिटेन्स पठाउने रबिन्द्र मानन्धरलाई १० तोला चाँदी , कुवेत बाट रेमिटेन्स पठाउने सुनिता दराईलाई १० तोला चांदी हस्तान्तरण गरिएको छ । 

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार  साउदी स्थित टेलिमनी बैंकका प्रमुख खालेद अल ब्राहिम , नेपाली चर्चीत नायिका पूजा शर्मा, नेपाल इन्भेस्टमेन्ट बैंकका उपमहाप्रबन्धक बिजेन्द्र सुवालको उपस्थिति रहेको थियो ।  


सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरूको महान चाड २०७९ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने “विदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै  ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई  आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो ।

जसअन्तर्गत १००८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर) , ९ जनाले साप्ताहिक उपहार (१०/१० तोला चाँंदी ) र २ जनाले मासिक उपहार (१/१ तोला सुन ) जित्न सफल भएका छन् ।  उक्त योजना भदौ १५ देखी कार्तिक १५ गते सम्म चलेको थियो ।  

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।


Author

थप समाचार
x