कर्पोरेट

नेपालमा हुण्डाईकाे ग्राण्ड आई१० एनआईओएसको फेसलिफ्ट भर्सन भित्रियो

इकागज |
फागुन १९, २०७९ शुक्रबार १८:२२ बजे

काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राण्ड आई१० एनआईओएसको फेसलिफ्ट भर्सन भित्र्याएको छ ।   
ह्याचब्याक सेग्मेन्टमा आफ्नो लोकप्रिय मोडल ग्राण्ड आई१० एनआईओएसको फेसलिफ्ट भर्सन भित्राएको हो ।   

यसअघि नेपालमा हुण्डाई ग्राण्ड आई१० एनआईओएसको पूर्व मोडल धेरै बिक्नेमा परेको थियो । यो फेसलिफ्ट भर्सन झनै परिस्कृत बनेर ल्याइएको छ ।


थप, आरामदायी र नवीनतम फिचर भएको ग्राण्ड आई१० एनआईओएस कम्पनीले प्रवर्धन गरे जस्तै ‘मोर दी मिरर’ छ । आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षा जस्ता विभिन्न विशेषताहरुका कारण नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीले लिइएको छ ।

कम्पनीकाअनुसार हुण्डाई ग्राण्ड आई१० एनआईओएस समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरूसहित तयार गरिएकोे छ । गाडीको प्रारम्भिक मूल्य रु.२९.९६ लाख कायम गरिएको छ ।


Author

थप समाचार
x